२ माघ २०८२, शुक्रबार | January 16, 2026

सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न वातावरण दिवसले प्रेरणा मिलोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समग्र विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले वातावरणीय संकटबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् । उनले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने,…