२९ असार २०८३, सोमबार | July 13, 2026

घनश्याम भूसालमाथि एमाले अनुशासन आयोगले चलायो कारवाहीको डण्डा



काठमाडौं । एमाले अध्यक्ष केपी ओली विरुद्ध आवाज उठाएको अभियोग लगाउँदै नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेका कारण भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले पुष्टी गरेका छन् । आयोगको सचिवालय बैठकले भूसालमाथि कारवाहीका लागि सिफारिस भएको अध्यक्ष बडालले बताए ।

स्थानीय चुनावको परिणाम आए लगत्तै नेता भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीले अनपेक्षित परिणाम ल्याउनुको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनु पर्ने भन्दै अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए ।

पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न नपाईने बडालको भनाई छ ।

पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ११ : ३९ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही