१९ असार २०८३, शुक्रबार | July 3, 2026

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।…