२ माघ २०८२, शुक्रबार | January 16, 2026

बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै सङ्‍कल्प प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्‍कल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसदहरू डा. डिला सङ्ग्रौला, प्रमिला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् । २०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई…