बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक…