काठमाडौं । कोभिड-१९ विरुद्ध आजबाट काठमाडौंमा बुस्टर डोज दिइने भएको छ । आजदेखि १८ वर्षभन्दा माथिका दुई डोज लगाइसकेका व्यक्तिलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ ।…