पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गरिब घरपरिवारको बिमा गर्ने सम्बन्धमा आज महानगर र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । महानगरपालिकाको अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि,…