१६ भदौ २०८३, मंगलबार | September 1, 2026

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि ४७ जना आवेदकमध्ये ४ जनालाई सर्टलिस्ट गरिएको छ । अध्यक्ष छनोट तथा सिफारिस समितिले प्रारम्भिक मूल्यांकनपछि नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चरणका लागि छनोट गरेको हो ।

समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई आगामी शुक्रबार छलफलका लागि बोलाएको छ । उक्त छलफलपछि एकजनाको नाम अध्यक्ष पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि सरकारले अध्यक्ष चयन प्रक्रिया अघि बढाएको थियो। समितिले बैशाख १५ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो ।

अब हुने छलफलपछि बोर्डले नयाँ नेतृत्व पाउने अन्तिम टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ५ : १५ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र