२० आश्विन २०८३, मंगलबार | October 6, 2026

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ । सोमबार राति पर्साको वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो ।

मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराइएका प्रसाईंविरुद्ध अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने, सामाजिक सद्भाव खलबल्याउने तथा राज्यविरुद्ध उक्साउने गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले ‘माथिको आदेश’ अनुसार उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’का संयोजक प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए । उक्त कार्यक्रम बुधबारका लागि तय गरिएको थियो ।

प्रसाईं यसअघि पनि विभिन्न राजनीतिक विवाद र अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ३२ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई