विर्तामोड । झापाको कनकाई नगरपालिका मेयरमा पुनः नेकपा (एमाले) का तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली कांग्रेसकी आशा शिवाकोटी निर्वाचित भएका छन् । एमालेका पोखरेल २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पनि मेयर निर्वाचित भएका थिए। उनले आठ हजार ६७३ मत पाएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत पाए।…