१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्टिल कारखानामा फसेको सयौँ युक्रेनी सैनिकको उद्धार



किभ । युक्रेनले मंगलबार दुई महिना भन्दा लामो समयदेखि मारिउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा फसेका आफ्ना सयौँ सेनालाई उद्धार गरिएको पुष्टि गरेको छ ।

उपरक्षामन्त्री हान्ना मालियारले अत्यन्तै नराम्ररी घाइते भएका ५३ जना सैनिकलाई रुस समर्थित लडाकुहरूको नियन्त्रणमा रहेको नोभोआजोभ्स्क सहरमा लगिएको बताएकी छन् ।

उनले अन्य २११ जनालाई मानवीय उद्धार मार्गमार्फत लडाकुको कब्जामा रहेको अर्को सहर ओलेनिभ्कामा पुर्‍याइएको बताएकी छन् । रुसले यसअघि घाइते युक्रेनी फौजलाई बाहिर लाने विषयमा एउटा सम्झौता भएको बताएको थियो ।

रोयटर्सले सोमबार साँझ दक्षिणी बन्दरगाह सहर मारिउपोलस्थित विशाल औद्योगिक क्षेत्रबाट लामो समयदेखि स्टिल कारखानाको भूमिगत तल्लामा लुकिरहेका युक्रेनी फौज बोकेर गएका करिब एक दर्जन बस देखिएको जनाएको छ ।

आफ्नो भिडियो सम्बोधनमा मंगलबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, “युक्रेनी सेना, गुप्तचर निकाय, बार्तामा संलग्न टोलिहरू, रेडक्रस तथा संयुक्त राष्ट्र संघको यस उद्धार अभियानमा सहभागिता रहेका छन् । युक्रेनलाई आफ्ना योद्धाहरू जीवित चाहिन्छ । उनीहरूलाई तत्कालै रुसी फौजले मुक्त गर्ला जस्तो छैन । यसका लागि अर्को वार्ताको आवश्यकता हुने छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल कारखानामाबाट लगिएका युक्रेनी सेनालाई सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुसार नै व्यवहार गरिने मंगलबार बताएका छन् । बीबीसीबाट

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०० बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न