१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाइयो, २० कात्तिकभित्र स्वदेश फर्कन निर्देशन

काठमाडौं । सरकारले विभिन्न ११ देशका आवासीय नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकपश्चात् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूलाई जानकारी दिँदै फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी २० कात्तिकभित्र नेपाल फर्कन निर्देशन दिइएको बताए। फिर्ता बोलाइएका राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती,…