२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

एकीकृत समाजवादीको माओवादी केन्द्रसँग निकटता छ : झलनाथ खनाल

बुटवल। गठबन्धनबाट भावी राष्ट्रपतिकारुपमा चर्चा चलाइएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अझै एक पटक प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेका छन् । सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका हुन्। भैरहवा स्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुराकानी गर्दै खनालले जनताको माया पिरती अझै नटुटेको दाबी गरे…