बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई समुदायबीचको विवाद थप चर्किन नदिन आज दिउँसो २ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनाअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा…