१५ पुस २०८२, मंगलबार | December 30, 2025

काठमाडौंको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौं । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने भएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु-तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि…