१४ पुस २०८२, सोमबार | December 29, 2025

माधव नेपालसहितका १४ सांसद विरुद्धको रिटमाथि सुनुवाइ भएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दिएको रिटमाथि सुनुवाइ हेर्न नमिल्नेमा परेको छ । सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दामा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएपछि आजको सुनुवाई प्रभावित भएको छ । न्यायाधीस सुवेदीले सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेका थिए…