१० माघ २०८१, बिहिबार | January 23, 2025

केन्या र नेपाल प्रतिस्पर्धा गर्दै



काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ ।

केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपालले यसअघिको दुई ट्वान्टी-२० खेलमा केन्यालाई हराएको छ । तथापि, ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्या पहिलोपटक खेल्न लागेका हुन् ।

यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरका लागि पहिलो खेल हो ।

यसअघि, २०१२ को आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याको पहिलो पटक आमने सामने भएका थिए । २०१४ को ट्वान्टी-२० विश्वकप छनोटमा नेपाल र केन्याबीच दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । २०१४ मा नेपालले विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : २० बजे

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन