१ असार २०८१, शुक्रबार | June 14, 2024

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन् !!!



तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।

परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए। घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ११ : ३८ बजे

बुटवलमा दृष्टीबिहिनका लागि १५ दिने ब्रेल लिपी सिप विकास तालिम

बुटवल । बुटवलमा दृष्टी बिहिनहरुका लागि ब्रेली लिपी (गोपेर लेख्ने

जीवनस्तर सर्वेक्षण प्रतिवेदन सार्वजनिक, २० दशमलव २७ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि

काठमाडौं । नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को विस्तृत प्रतिवेदन

जिल्ला न्यायाधीशको आवश्यकता- ४३, लिखित परीक्षामा उत्तीर्ण जम्मा आठ जना

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु, एक बेपत्ता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकट सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन