सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोटमा परि स्थानीय इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए…