१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट ३ बालबालिकाको मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा परि स्थानीय इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए । विष्फोटबाट घरधनी मिनबहादुर तामाङ सामान्य घाइते भएको उनले बताए ।

किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर विष्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी बस्नेतले बताए । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ०३ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको