काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनवास क्षेत्रमा सैनिक अपरेशनको घोषणा गरेका छन् । रुसको राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न र घर फर्किन आदेश दिएका छन् । रुसले युक्रेनसँग अझै पनि युद्ध नचाहेको दाबी गर्दै पुटिनले कुनै पनि रक्तपातको लागि युक्रेन स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् ।…