बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मेली जनताले कांग्रेसले ल्याएको पानी पिएर पनि कांग्रेसलाई भोट नदिएको गुनासो गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेसले सबै भन्दा बढी लिफ्टिङ प्रविधिबाट गुल्मीमा खानेपानीको ल्याएको दाबी गरे । उनले गुल्मीमा कांग्रेसले नै दक्षिण एसियामा नै सबै भन्दा बढी पुल निर्माण गरेको पनि…