नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ । नेपालगञ्जबाट गएको दमकल,…