रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका-१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार…