२५ असार २०८३, बिहिबार | July 9, 2026

आज पनि माओवादी केन्द्रको बैठक बस्दै



काठमाडौं । अध्यक्ष प्रचण्डको रिपोर्टिङ, एमसीसी र ४ नेताको लिखित फरकमत दर्ज भएर स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डको रिपोर्टिङ, एमसीसीमा नेताहरुको फरकमत र समसामायिक विषयमा विषय प्रवेश गरेर स्थगित भएको बैठकलाई आज निरन्तरता दिँदै मुल एजेण्डामा बैठक प्रवेश गर्ने कार्यसूची रहेको कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । आजको बैठकको कार्यसूचीमा पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने बताइएको छ ।

गत पुस १८ गते सम्पन्न भएको माओवादीको आठौँ महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको र लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भएपनि माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।

आजको बैठकबाट पदाधिकारी सहित केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ। पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष। एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष आजको बैठकबाट चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : २६ बजे

चीनका लागि ७ पूर्वराजदूतहरूको प्रश्न : के नेपालको एक चीन नीति बदलिएको हो ?

काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे