१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

आज पनि माओवादी केन्द्रको बैठक बस्दै



काठमाडौं । अध्यक्ष प्रचण्डको रिपोर्टिङ, एमसीसी र ४ नेताको लिखित फरकमत दर्ज भएर स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डको रिपोर्टिङ, एमसीसीमा नेताहरुको फरकमत र समसामायिक विषयमा विषय प्रवेश गरेर स्थगित भएको बैठकलाई आज निरन्तरता दिँदै मुल एजेण्डामा बैठक प्रवेश गर्ने कार्यसूची रहेको कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । आजको बैठकको कार्यसूचीमा पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने बताइएको छ ।

गत पुस १८ गते सम्पन्न भएको माओवादीको आठौँ महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको र लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भएपनि माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।

आजको बैठकबाट पदाधिकारी सहित केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ। पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष। एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष आजको बैठकबाट चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : २६ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा