डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ । शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो । आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत आगलागीका कारण जलेको छ । बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ ।…