एजेन्सी । अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् । स्पेसएक्सले पठाएको फाल्कन-बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।…