१२ बैशाख २०८१, बुधबार | April 25, 2024

एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित, अन्तर्घातको छानविन गर्न ३ सदस्सीय समिति



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनित गरेको हो ।

बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक, श्रम तथा रोजगार विभागमा जनक चौधरी, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई मनोनित गरे‍को छ ।

त्यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनोनित गरिएको एमालेले जनाएको छ ।

बैठकले एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ ।

उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका छन् ।

ुस्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्ण गरेको छु प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ुएमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा स‌ंगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।ु

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ०१ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको