२८ भदौ २०८३, आइतबार | September 14, 2026

एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित, अन्तर्घातको छानविन गर्न ३ सदस्सीय समिति



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनित गरेको हो ।

बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक, श्रम तथा रोजगार विभागमा जनक चौधरी, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई मनोनित गरे‍को छ ।

त्यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनोनित गरिएको एमालेले जनाएको छ ।

बैठकले एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ ।

उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका छन् ।

ुस्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्ण गरेको छु प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ुएमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा स‌ंगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।ु

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ०१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा