२९ असार २०८३, सोमबार | July 14, 2026

बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव मान्य हुदैन – बुटवलका व्यावसायिक संस्थाहरु



बुटवल । बुटवलमा रहेका व्यावसायिक संघ संस्थाहरुको सन्जालले बुटवल मण्डपको नाम संसोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव प्रति असहमती जनाएको छ ।

सन्जालको आईतबार बुटवलमा सम्पन्न बैठकले बुटवलका ब्यवसायीक संघ संस्थाहरुको भावना बिपरीत बुटवलको गहनाको रुपमा विकसित हुदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगर पालिका संग आग्रह गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तनगरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेको थियो ।

नाम फेर्ने प्रस्ताव प्रति यस क्षेत्रमा रहेका व्यावसायिक संघ संस्थाहरुको बैठक पछि जारी बिज्ञप्तीमा नाम फेर्ने प्रस्ताव प्रति सन्जालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने गहनाको रुपमा विकास हुँदै गरेको बुटवल मण्डपको नाम यस क्षेत्रका आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावना विपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ ।

सामुहिक भावना र सहकार्यको मर्मलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट निर्णय गरिनु अधिकारको मनोमानी हो भन्ने हाम्रो ठम्याई छ । सन्जालले देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, नवीनतम् प्रविधिको खोज र अनुसन्धान गर्दै देशको कला, संस्कृति तथा पर्यटनको बिकास गर्न यस क्षेत्रका व्यवसायिक संघ-संस्थाहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरु मार्फत थालनी गरेको प्रयासलाई मूर्त रुप दिने उदेश्यका साथ बुटवल मण्डपको स्थापना भएको स्मरण गराउदै बुटवलमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघ–संस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरुको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ ।

बुटवलको एतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत विवादमा ल्याउने गरी नामाकरण गरिनु आफैमा दुःखद छ भएको भन्दै सन्जालद्धारा जारी विज्ञप्तीमा बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवल मण्डपको नाम संशोधन फिर्ता लिई आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाको कदर गर्दै एतिहासिक र स्थापित नाम बुटवल मण्डप नै कायम गर्न आग्रह गर्दछौं भनिएको छ ।

आईतबार सम्पन्न सञ्जालको बैठकमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न २१ वटा व्यावसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको बैठकका अध्यक्षता गरेका नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ४३ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस