चितवन । नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् । लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए ।…