कपिलवस्तु । कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ…