पोखरा । पोखराको फोहोर चार दिनदेखि उठेको छैन । फोहोर फाल्ने ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरले सम्झौता अनुसार आफूहरूलाई बजेट नदिएको आरोपमा फोहोर लैजाने बाटो नै थुनिदिएका छन् । पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरबाट भएको सम्झौता र आश्वासन कार्यान्वयन नभएको विरोधमा बाटो ठप्प पारेका हुन् । स्थानीयले विरोध कार्यक्रमको बोर्ड टाँगेर…