काठमाडौं । देशका तीनवटा प्रदेशमा आज वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम…