चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मंसिर २८ गते बोलाईएको संसद अधिवेशन महाअभियोग र एमसीसीका सम्बन्धमा नबोलाईएको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले कसैले महाअभियोग र एमसीसी पारित गर्न संसद बैठक बोलाईएको अनुमान गरेपनि आगामी अधिवेशन हिँउदे अधिवेशनमात्र भएको बताए । अध्यक्ष प्रचण्डले मङ्सिर…