चितवन । नेकपा माओवाद केन्द्रकी नेतृ रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छिन् । दाहालले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । दाहालसँगै उमपेयरमा नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले पनि मनोनयन दर्ता गराएका छन् । मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने…