१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रदेश १ का १३ जिल्लामा एमालेको अधिवेशन जारी



विराटनगर । प्रदेश १ मा नेकपा एमालेको १३ जिल्लामा अधिवेशन जारी रहेको छ । केही हिमाली जिल्ला भएकाले संखुवासभामा अधिवेशन भएको छैन भने अन्य जिल्लामा अधिवेशन जारी रहेको छ ।

मोरङ र झापामा पदाधिकारी सर्वसम्मत चयन भएका छन् । झापामा पोलिडब्युरो सदस्य हिकमत कार्कीका दाजु दीपक कार्की अध्यक्ष भएका छन् भने प्रेम गिरी उपाध्यक्ष, शिव ढुंगेल सचिव, चन्द्र श्रेष्ठ र असारु राजवंशी उपसचिव सर्वसम्मत चुनिएका छन् ।

यस्तै मोरङ अध्यक्षमा ऋसिकेस पोख्रेल उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, उपसचिवमा सन्तोष शाह सर्वसम्मत चुनिएका छन् । दुवै जिल्लामा मनोनयन दर्तामा उनीहरूको मात्रै नाम परेको निर्वाचन समितिहरूले जनाएका छन् । सदस्यहरूमा भने दुवै जिल्लामा आकांक्षी धेरै देखिएपछि मिलाउन थालिएको पोलिटब्युरो सदस्य हिक्मत कार्कीले बताए ।

सुनसरीमा भोलिका लागि मात्रै मनोनयन दर्ताको समय तोकिएको छ । सुनसरीमा तीन जना अध्यक्षका आकांक्षी देखिएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी, हालका अध्यक्ष खेमराज पोख्रेल र रेवतिरवण भण्डारी अध्यक्षका आकांक्षी छन् । ताप्लेजुङमा बल बहादुर साम्सोहाङ र भूपेन्द्र थेबे आकांक्षी देखिएका छन् । सामसोहाङ योगेश भट्टराई निकटका हुन् भने भूपेन्द्र केपी ओली पक्षका हुन् ।

यस्तै तेह्रथुममा दुई प्रदेश सांसद अध्यक्षका लागि प्रतिस्पर्धा गरी रहेका छन् । बहाल वाल जिल्ला अध्यक्षसमेत रहेका लक्ष्मण तिवारी र पूर्व अध्यक्ष तेजमान कन्दङवा आकांक्षी देखिएका छन् । माधव नेपाल निकट रहेका तिवारी १० बुँदे सहमति पछि एमालेमा बसेका थिए ।

मन्त्री दिने सर्तमा एमालेमा बसेका उनलाई तेह्रथुमका एमालेका नेता तथा कार्यकर्ताले उम्मेदवारी घोषणा गरेपछि विरोध जनाएको प्रेस चौतारी तेह्रथुमका अध्यक्ष कृष्ण विदुखी गौतमले बताए । उदयपुरमा तीन जना आकांक्षी देखिएपछि मिलाउने प्रयास भइरहेको प्रदेश सांसदसमेत रहेका नेता विमल कार्कीले बताए ।

यस्तै पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा पनि दुई आकांक्षी देखिएका छन् । मकर खड्का र शरण राई अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेको पूर्व मुख्यमन्त्री राईका प्रेस सल्लाकार धुव्र सुवेदीले बताए ।

धेरै जिल्लामा सर्वसम्मत गर्ने प्रयास भइरहेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताए । उनले भोलिसम्ममा धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिने समेत दाबी गरे । केही जिल्लामा चुनाव हुने अवस्था देखिएको समेत उनले बताए ।

१ नम्बर प्रदेशमा १० बुँदेमार्फत एमालेमै बसेर उनीहरूले नेतृत्व गरेको जिल्लामा भने निर्वाचन हुने देखिएको छ । तेह्रथुम, ताप्लेङ्गलगायतका जिल्लामा १० बुदेमार्फत एमालेमा बसेकाले जिल्लाको नेतृत्व गरेका थिए । शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ४८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका