काठमाडौं । बसको ठक्करबाट काठमाडौंको बालाजुमा दुई जना पैदल यात्रुको मृत्यु भएको छ। बालाजुको गंगा हल अगाडि बिहीबार बिहान ६ बजेतिर मिनिबसले पैदल यात्रुलाई ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ रहेका छन्…