१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तिलोत्तमा अपडेट : थोरै मतान्तर घटाउदै चापागाईं, करिब बाह्र हजार पाँच सय मत गन्न बाँकी



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन् ।

अहिले बिहान ९:४५ बजे सम्म गणना भएको ५२ हजार १ सय ८९ मतको परिणाम सार्वजनिक गर्दा खाँण ९ सय ६३ मतान्तरले अगाडि छन् । तिलोत्तमामा ६४ हजार ७ सय २ मत खसेको थियो । अब १२ हजार ५ सय १३ मत गन्न बाँकी छ ।

२२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाँणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ८ सय ३१ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले १८ हजार ८ सय ६८ मतका साथ पछ्याई रहेका छन् ।

तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडि छिन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १८ हजार ५ सय ४७ मत आउँदा शर्माको ९ हजार १ सय ९६ मत मात्र आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम