२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछ : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन…