६ पुस २०८२, आइतबार | December 21, 2025

सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा

बैतडी । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो । वर्षका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका-४ जोगेनीका हरिना महराले बताइन् । १५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बिग्रिएको उनले बताइन् ।…