धनगढी । दशैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दशैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दशैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् । ‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका-११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नुपर्ने दायित्व…