तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका-१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।…