काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा.मनोजकुमार शर्मालाई उनले सो सन्देश पठाएका हुन् । ‘आइतबार संयुक्त बैठकमा न्यायाधीश शर्माले प्रधानन्यायाधीश राणाको सन्देश सुनाउँदै भन्नुभयो, सम्माननीयज्यूले सम्मानजनक निकास चाहनुभएको छ । कसरी छलफल गर्न सकिन्छ भनेर भन्नुभयो,’…