पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बनेका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् । कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा भाग लिएका छन् । हाइकिङपश्चात्…