७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेको २ घटनामा गठन भएको छानविन ‍समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



नेपालगन्ज । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई छानविन प्रतिवेदन बुझाएको छ । आइतबार छानविन समितिका संयोजक सहसचिव हिरालाल रेग्मी सहितको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी एकल महिला निर्मला कुर्मीलाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा डर देखाएर जालझेल गरि हडपेको छानविन समितिले निष्कर्ष निकालेका छ । निर्मलाका पति महलु कुर्मीको २०६२ मा नै मृत्यु भएको थियो भने उनका दुई छोराले २०६६ मंसिरमा १० दिनको फरकमा ज्यान गुमाएका थिए । पति र छोराहरुको मृत्यु भएपछि एकल बनेकी महिलाको सम्पत्ती संरक्षण गरिदिने भन्दै तत्कालिन सांसद एवं काँग्रेस नेता बादशाह कुर्मीले लालपुर्जा राखिदिएपछि विवादको सुरुवात भएको थियो । कुर्मीले जबर्जस्ती लालपुर्जा कब्जा गरेको भन्दै निर्मलाले विरोध गरेपछि बादशाहले २०६६ मा सार्वजनिक स्थानमा निर्मलामाथि कुटपिट समेत गरेका थिए ।

विवाद चर्कंदै र्गपछि सांसद कुर्मीले असधकारकर्मीको रोहबरमा कागजपत्र प्रशासनमा बुझाउनु परेको थियो । त्यस यता सोही जग्गा हातपार्न निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाएर अदालतमा मुद्दा हाली नेपालगञ्ज धम्बोजी बस्ने पार्वती विष्टका नाममा २०६९ भदौ ६ गते जग्गा नामसारी गराएको र त्यसपछि विष्टको नामबाट रत्ना थापाको नाममा सारिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट दायर गरिएको मुद्दा बिचाराधिन छ ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको बताउँदै आएको छ ।

सोही प्रकरणको अर्को घटनामा जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नन्कुन्नी धोबीको हत्या आरोपी भने अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी उर्फ लक्षिराम विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । अदालतले दुवै आरोपीहरुलाई भदौ १९ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समितिले मुद्दा विचाराधीन रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नन्कुन्नी–निर्मलाको न्यायका लागि संघर्ष गरिरहेको समितिले निर्मलाको अवस्था अझै अज्ञात रहेको दावी गरेको छ । तर, भारतको विहारस्थित जगन्नाथपुरमा २१ महिनाअघि उनको मृत्यु भएको भनेर ग्राम पञ्चायतमा मृत्यु भएको देखिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले खबरकुरालाई बताएका छन् ।

निर्मला कुर्मीको सम्पती हडप्नका लागि गरिएको किर्ते र जालझेलबारे थप छानविनका लागी विज्ञ टोली बनाउन समेत छानविन समितिले सिफारिस गरेको छ ।

समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र अधिकारकर्मी मोहम्मद शेर बागवान सदस्य रहेका थिए ।

छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखेर पठाउने गृहमन्त्री खाणले बताएका छन् । प्रतिवेदन बुझ्दै खाणले भने– ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ ।’

घरेलु हिँसाका कारण हत्या भएको घटनालाई प्रहरीले आत्महत्याको रुप दिएको तथा एकल महिलालाई अपहरण र बलात्कार गरि हत्या गरिएको घटनामा पिडितले न्याय नपाएको भन्दै नेपालगन्जबाट हिँडेर काठमाडौं पुगेरे अधिकारकर्मी रुबी खान सहितको टोलीले आमरण अनसन गरेपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई