१ असार २०८३, सोमबार | June 15, 2026

पासपोर्ट लिनेको भीड ह्वात्तै बढ्यो



काठमाडौं । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए ।

परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुन पुगेको थियो ।

विभागका कर्मचारी कृष्णहरि घिमिरेले भने, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।” अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे-हम्मे परेको उनले बताए ।

अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ ।

तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई-डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान कर्मचारी घिमिरे गर्छन् । त्यो भिसा आवेदनका लागि गत सालदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ । विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रका नम्बरले काम गथ्र्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।

अर्को सातासम्म मात्र आवेदनको मिति रहेको हुनाले तिहारको मुखमा राहदानी बनाउनेको लर्को लागेको विभागका कर्मचारी बताउँछन् । विभागमा दैनिक आठ सयको हाराहारी मात्र राहदानी जारी गर्ने गरिन्छ । धेरै मानिस आएपछि अन्य दिनको टोकन पनि आइतबार नै बाँडिएको छ । टोकन लिएकाले सोअनुसार राहदानीका लागि भरेको आवेदन दर्तासहित राहदानी पाउने छन् ।

यस आर्थिक वर्षको गत सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता हालसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी भएका छन् ।

यसरी भीड बढ्दा पुरानो राहदानीको खपत ह्वात्तै बढेको छ । विद्युतीय राहदानी जारी हुँदासम्म केही थान राहदानी मौज्दात रहने अनुमान विगतमा गरिए पनि अब त्यो मुस्किल हुँदै गएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : १० बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा