१० पुस २०८२, बिहिबार | December 25, 2025

धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने

बागलुङ । राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ । १८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।…