१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने



बागलुङ । राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ ।

१८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसकेपछि मूल्य वृद्धि भएको छ ।

सडक यातायात सञ्चालन नहुँदा धौलागिरि क्षेत्रबाट उपचारको लागि पोखरा, काठमाडौं तथा देशका अन्य ठूला अस्पतालमा जानुपर्ने बिरामी मर्कामा परेका छन् । आपतकालीन अवस्थाका बिरामीका आफन्तले चर्को भाडा तिरेर हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

एक सातादेखि सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यान्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यन्न स्टक छ’, उन भने, ‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले अवरुद्ध सडक खुलाउने काम जारी राखेको छ ।

अन्य क्षेत्रको पहिरो पन्छ्याउने काम सकिए पनि मोदी गाउँपालिकाको पातीचौरमा खसेको ठूलो चट्टान हटाउन कठिन भएको मध्यपहाडी लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर उज्जवल शर्माले बताए । नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुंगालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने कार्य भइरहेको छ ।

बिहीबार साँझसम्म लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आउने इन्जिनियर शर्माको भनाइ छ । पहिरोले क्षतविच्छेद गरेको क्षेत्रमा तीनवटा डोजर प्रयोग गरेर ढुंगा माटो हटाउने काम भएको छ ।

‘अन्य ठाउँमा समस्या छैन’, इन्जिनियर शर्माले भने, ‘पातीचौरको ढुङ्गा हट्यो भने सडक नियमित सञ्चालन हुन्छ ।’ पहिरोले धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । फाइबार तार परेपछि सेवा प्रभावित बनेको हो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ४ : २१ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा