११ कार्तिक २०८१, आइतबार | October 27, 2024

धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने



बागलुङ । राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ ।

१८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसकेपछि मूल्य वृद्धि भएको छ ।

सडक यातायात सञ्चालन नहुँदा धौलागिरि क्षेत्रबाट उपचारको लागि पोखरा, काठमाडौं तथा देशका अन्य ठूला अस्पतालमा जानुपर्ने बिरामी मर्कामा परेका छन् । आपतकालीन अवस्थाका बिरामीका आफन्तले चर्को भाडा तिरेर हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

एक सातादेखि सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यान्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यन्न स्टक छ’, उन भने, ‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले अवरुद्ध सडक खुलाउने काम जारी राखेको छ ।

अन्य क्षेत्रको पहिरो पन्छ्याउने काम सकिए पनि मोदी गाउँपालिकाको पातीचौरमा खसेको ठूलो चट्टान हटाउन कठिन भएको मध्यपहाडी लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर उज्जवल शर्माले बताए । नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुंगालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने कार्य भइरहेको छ ।

बिहीबार साँझसम्म लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आउने इन्जिनियर शर्माको भनाइ छ । पहिरोले क्षतविच्छेद गरेको क्षेत्रमा तीनवटा डोजर प्रयोग गरेर ढुंगा माटो हटाउने काम भएको छ ।

‘अन्य ठाउँमा समस्या छैन’, इन्जिनियर शर्माले भने, ‘पातीचौरको ढुङ्गा हट्यो भने सडक नियमित सञ्चालन हुन्छ ।’ पहिरोले धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । फाइबार तार परेपछि सेवा प्रभावित बनेको हो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ४ : २१ बजे

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक