इटहरी । सुनसरीको इटहरी उपमहानगपालिका-२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-०००१-६-८४४५ नम्बरको ट्यांकरले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट सफल…