१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेपालमा १८०१ जना नयाँ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

संक्रमितहरूमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा, ३ हजार २१९ संस्थागत आइसोलेसनमा र ३९३ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६७९ जना र भेन्टिलेटरमा १७६ जना उपचाररत छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४८ हजार ९८१ र एन्टिजेनबाट ८० हजार ४६२ जना पुगेको छ ।

यस्तै, आज थप १९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ । निको हुनेको दर ९३.५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५३३ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम