१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नेपालमा १८०१ जना नयाँ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

संक्रमितहरूमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा, ३ हजार २१९ संस्थागत आइसोलेसनमा र ३९३ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६७९ जना र भेन्टिलेटरमा १७६ जना उपचाररत छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४८ हजार ९८१ र एन्टिजेनबाट ८० हजार ४६२ जना पुगेको छ ।

यस्तै, आज थप १९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ । निको हुनेको दर ९३.५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५३३ पुगेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ५ : ४५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा