काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली झुठो र बेइमान भएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शहीर सूर्यनाथ यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकीकृत पार्टी हुँदा ओलीले आफुलाई काम गर्न दिएनन भनेर झुठ र बेइमानी बोल्दै हिँडेको आरोप लगाए । केपी ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभालाई…