७ आश्विन २०८३, बुधबार | September 23, 2026

तीन जनता तीन बस



विराटनगर । मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् ।

जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता माध्यमिक विद्यालय बेलबारी-८ ले दुई वटा बस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका छन् भने जनता मावि बाहुनि बेलबारी-९ ले नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका हुन् ।

यस्तै बेलबारी-८ वलुवाईको एक सामुदायिक विद्यालयले भने आन्तरिक कोषबाट आफै बस खरिद गर्न लागेको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाका अनुसार बस विद्यालयले आफै खरिद गरेका हुन् ।

नगरपालिकाले समन्वय गरेर स्रोत जुटाइदिएपछि विद्यालयहरूले आफै बस खरिद गरेका हुन् । सामुदायिक विद्यालय प्रति विद्यार्थी र अविभावकको आकर्षण बढ्न थालेपछि विद्यार्थीलाई सहुलित दिनका लागि विद्यालयहरूले बसको सेवा थपेका हुन् । विद्यार्थीको चाप बढेपछि विद्यालयले बस संचालनमा ल्याएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताए ।

सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि विद्यालय समायोजनसम्मको काम सकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागु गरिएको नगरपालिले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ को परीक्षासमेत नगरपालिकाले आफै गराइरहेको छ ।

कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरिएको कोइरालाले जानकारी दिए । उनले कापी परीक्षणमासमेत कोड-डिकोड गरी एक अर्को विद्यालयको विषय विज्ञद्वारा परीक्षण गराउने गरिएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई